• Menu

प्रादेशिक र स्थानीय सडक सुधारका लागि विश्व बैंकको १० करोड डलर सहयोग

नेपाल प्रफिट

२०८१ साउन २१, सोमबार १६:०८

प्रादेशिक र स्थानीय सडक सुधारका लागि विश्व बैंकको १० करोड डलर सहयोग

काठमाडौं । प्रादेशिक र स्थानीय सडक सुधार आयोजनाका लागि विश्व बैंकले १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको व्यवस्थापनका लागि विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघले सहुलियतपूर्ण ऋण प्रदान गरेको हो । त्यससम्बन्धी सम्झौतामा सोमबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ ।

त्यस्तै प्रदेश र विश्व बैंकबीच छुट्टाछुट्टै परियोजनामा पनि सम्झौता भएको छ । सम्झौताअनुसार प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत करिब १० लाख जनता लाभान्वित हुने गरी करिब ३ सय किलोमिटर सडक सुधार गरिनेछ ।

यस कार्यक्रमले ग्रामीण सम्पर्क विस्तार गर्न, सेवा र बजारमा पहुँच सुधार गर्न र यात्रा समय र लागत घटाउँदै नेपालको आर्थिक सम्भावनालाई अघि बढाउन मद्दत गर्ने अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बताए ।

तीन चरणअन्तर्गतको पहिलो कार्यक्रमले नेपालका सात प्रदेशमध्ये तीन र चार स्थानीय क्षेत्रलाई लक्षित गरी आगामी चरणमा विस्तार गरिनेछ । आयोजना प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत कार्यान्वयन हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्