• Menu

लर्डबुद्धका अध्यक्ष जालान चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन

नेपाल प्रफिट

२०८१ असार २, आइतबार १२:२५

लर्डबुद्धका अध्यक्ष जालान चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन

काठमाडौं । लर्डबुद्ध एजुकेसन फाउन्डेसनका अध्यक्ष पंकज जालान नेपाल चेम्बर अफ कमर्सको स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन भएका छन् ।

चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले फाउन्डेसनका अध्यक्ष जालानलाई उद्यमशीलता एवं नवप्रवर्धन हेर्ने गरी स्टार्टअप इनोभेसन एवं ट्रेनिङ समितिको सभापति चयन गरेका हुन् । जालान चेम्बर अफ कमर्सको कार्यकारी सदस्य हुन् ।

लर्डबुद्ध एजुकेसन फाउन्डेसनले सूचना प्रविधिको विकासमार्फत युवा उद्यमशीलता प्रवर्धन गर्दै आएको छ । सूचना प्रविधिको क्षेत्रमा पहिलो शैक्षिक संस्था लर्डबुद्ध एजुकेसन फाउन्डेसनले पढ्दै कमाउँदै नीतिलाई अंगीकार गरेको छ ।

यस्तै स्नातक र स्नातकोत्तरमा अध्ययनरत विद्यार्थीलाई इन्टर्नसिपसमेत प्रदान गर्दै आएको फाउन्डेसनले विभिन्न क्षेत्रमा रोजगारी उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्