• Menu

रास्वपा सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले औंल्याए बजेटका ५ उन्नत पक्ष (भिडिओ)

नेपाल प्रफिट

२०८१ जेठ २२, १४:४१


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटको धेरै हिसाबले उन्नत रहेको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा सहभागी हुँदै उनले आगामी वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को तुलनामा घटेर आएको बताए ।

अर्थतन्त्रको आकारको आधारमा ३० प्रतिशतभन्दा सानो बजेट आएको उनको जानकारी गराए । समग्रमा, विगतका १० वटा बजेटको तुलनामा आगामी बजेट सन्तुलित आएको उनले दाबी गरे ।

अर्थमन्त्रीले मिसन मोडमा काम गर्ने गरी केही प्राथमिकताका क्षेत्रहरु पहिचान गरेको डा. वाग्लेले बताए । डिजिटल, ऊर्जा, पर्यटन, कृषि र हरित अर्थतन्त्रका विषयलाई उच्च प्राथमिकता दिँदै उनले स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्