काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्धन गर्ने विषयलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् ।
त्यस्तै बजेटले कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्यगिक विकास र पूर्वाधार निर्माण तथा शिक्षा, स्वास्थ्यलगायत सामाजिक क्षेत्रको विकासलाई पनि उच्च प्राथमिकतामा राखेको छ ।
उनले समावेशिता र सामाजिक सुरक्षा तथा सुशासन प्रवर्धन र सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकतामा राखेको जानकारी गराएका छन् ।