काठमाडौं । सरकारले गाँजाको व्यावसायिक खेतीलाई प्रवर्धन गर्ने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको बताए ।
औषधिजन्य प्रयोजनका लागि गाँजाको व्यावसायिक उत्पादन जरुरी रहेकाले व्यावसायिक खेती गर्न कानुनी व्यवस्था मिलाइने अर्थमन्त्रीले घोषणा गरे ।