काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने उद्देश्यसहितको बजेट सार्वजनिक गरेका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको मंगलबारको संयुक्त बैठकमा अर्थमन्त्री पुनले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने उद्देश्यसहितको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका हुन् ।
बजेटले निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्ने तथा आर्थिक क्रियाकलापमा तीव्रता ल्याउने उद्देश्य राखेको छ ।
त्यस्तै मानव संसाधनको विकास गर्ने र स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्ने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने आगामी आवको बजेटको उद्देश्य छ ।