• Menu

बिनोमिक्स

आगामी आवको बजेटमा अर्थमन्त्रीद्वारा नयाँ चरणको आर्थिक सुधार प्रस्ताव

नेपाल प्रफिट

२०८१ जेठ १५, १५:२६

आगामी आवको बजेटमा अर्थमन्त्रीद्वारा नयाँ चरणको आर्थिक सुधार प्रस्ताव

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधार प्रस्ताव गरेका छन् । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत अर्थमन्त्रीले नयाँ चरणको आर्थिक सुधार प्रस्ताव गरेका हुन् ।

अर्थव्यवस्थामा छाएको सुस्तता हटाउने खालको बजेटको तयारीमा जुटेका मन्त्री पुनले नयाँ चरणको आर्थिक सुधारको नीति लिएका हुन् । त्यसका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गर्ने अर्थमन्त्रीको तयारी छ ।

मन्त्री पुनले प्रविधिले सुसज्जित गुणस्तरीय पूर्वाधार र आर्थिक करिडोरमा जोड दिएका छन् । उनले नयाँ ग्रोथ इन्जिनका रुपमा हरित र डिजिटल इकोनोमी विस्तारलाई बजेटमा उच्च प्राथमिकता दिएका छन् ।

अर्थमन्त्रीले बजेटमा उत्पादनमूलक उद्योग, स्टार्टअप र सूचना प्रविधिमूलक उद्योगलाई प्रोत्साहित गर्ने कार्यक्रमलाई विशेष प्राथमिकतामा राखेका हुन् ।

अर्थमन्त्रीले अर्थतन्त्र चलायमान बनाउन लगानी कानुन, कर तथा राजस्व नीतिमा पनि उल्लेख्य सुधार गर्ने बताएका छन् । त्यस्तै वित्तीय क्षेत्र सुधारका लागि विशेष कदम चालिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्