काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्नचाहिँ कुन नैतिकताले मिल्ने रहेछ ? भनेर प्रश्न गरेका छन् ।
सहकारीको रकम हिनामिनामा संलग्नताबारे नेपाली कांग्रेसले उठाएको प्रश्नबारे संसदमा आइतबार जवाफ दिँदै गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीको अफर कायमै छ कि छैन भनेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन् ।
‘गृहमन्त्री बन्न नमिल्ने भए प्रधानमन्त्री बन्न चाहिँ कुन नैतिकताले मिल्ने रहेछ ?’ उनले प्रश्न गरे, ‘मेरो प्रश्न छ, हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफरको डेट एक्सपायर भयो कि बाँकी छ ?’