काठमाडौं । नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्रप्रसाद ढुंगाना दोहोरिएका छन् ।
बैंक सञ्चालक समितिको जेठ २ गते बसेको बैठकले सीईओ ढुंगानाको कार्यकाल थप गरेको हो ।
२०७९ असार १७ गते उनी दुई वर्षका लागि बैंकको सीईओ नियुक्त भएका थिए । २०८१ असार १७ देखि लागु हुने गरी थप २ वर्षका लागि सीईओ पदमा पुन: नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।