काठमाडौं । वैदेशिक रोजगारीमा रहेका युवाको संख्या उल्लेख्य हुँदा रेमिट्यान्स आप्रवाह पनि बढेको छ । साउनदेखि माघसम्ममा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार मासिक १ खर्ब १९ अर्ब ८५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षमा औसत १०१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
२०७९ माघको तुलनामा सात महिनामा २१.६ प्रतिशतले रेमिट्यान्स बढी भित्रिएको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ ।
माघसम्ममा नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाख ४७ हजार १२ पुगको छ । यो गत वर्षको तुलनामा कम हो । गत वर्ष यसै अवधिमा ३ लाख १४ हजार ७६७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए ।
यस वर्ष पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० छ । गत वर्ष यो संख्या १ लाख ६७ हजार ७०८ थियो ।