• Menu
s

माछापुच्छ्रे बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

नेपाल प्रफिट

२०८३ जेठ २६, २१:३७

माछापुच्छ्रे बैंकद्वारा नेपाल-भारत क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

काठमाडौं । माछापुच्छ्रे बैंकले मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–एमार्टमार्फत नेपाल–भारत रियल टाइम क्रस बार्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित र सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।

यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकले भारतमा उपलब्ध यूपीआईसँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन् । उक्त रकम लाभग्राहीको खातामा तत्कालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकले पनि एमबीएल एम–स्मार्ट एप्लिकेसनमा उपलब्ध क्रसबार्डर ट्रान्सफर सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन् । बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनमा उच्च प्राथमिकता दिएको जनाएको छ ।