
चितवन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनका विषयमा पार्टीका नेतासँग भेट्ने र संवाद गर्ने काम भइरहेको बताएका छन् ।
मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी उपसभापति विश्वप्रकाश शर्माले नेताहरूसँग कुराकानी गरिरहेको जानकारी दिए ।
संस्थापनइतर समूहका नेता पूर्णबहादुर खड्कालाई भेट नदिएको हो ? भन्ने प्रश्नमा उनले पार्टीका नेतासँग भेट्ने, संवाद गर्ने काम आफू र अन्य साथीले गरिरहेका छन् भने ।
पार्टी सभापति थापाले क्रियाशील सदस्यता अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको बताउँदै, १४औँ महाधिवेशनको भन्दा धेरै क्रियाशील सदस्यता हुने दाबी गरे । सभापति थापाले पार्टी कुनै हालतमा विभाजन नहुने बताए ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal