काठमाडौं । प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको विरोधका कारण बुधबारसम्मका लागि स्थगित गरिएको छ।
मंगलबार बसेको बैठकमा विपक्षी दलका सांसदहरूले विभिन्न विषय उठाउँदै विरोध जनाएपछि बैठकको कार्यसूची प्रभावित भएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्याल ले बैठक सञ्चालन गर्न कठिनाइ भएको भन्दै प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए ।
बैठकमा विपक्षी दलको अवरोध जारी रहेपछि सभामुखले अर्को बैठकको समय निर्धारण गर्दै बुधबारका लागि बैठक बोलाएका हुन् ।
अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार बस्नेछ ।