
भोजपुर । भोजपुर नगरपालिका-५ र १० धापखर्कका २२ स्थानीय घरले खानेपानीको सुविधा प्राप्त गरेका छन् ।
धापखर्कमा कूल ३५ घर छन् । अझै १३ घरका परिवारले पिउने पानी प्राप्त गर्न सकेका छैनन् । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरको करिब २५ लाख लागतमा २२ घरलाई पानी वितरण गरिएको खाने पानी निर्माण उपभोक्ता समितिका सचिव लाक्पा शेर्पाले बताए ।
खानेपानी आयोजनाले धापखर्क आधारभूत विद्यालयमा समेत पानी उपलव्ध गराएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सुरु गरिएको यो आयोजना पूर्ण रूपमा सम्पन्न भएपछि धापखर्क क्षेत्रका सबै घरपरिवारमा सुरक्षित, स्वच्छ र नियमित खानेपानी पहुँच सुनिश्चित हुने स्थानीयको भनाइ छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal