• Menu
s

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाल प्रफिट

२०८३ जेठ २६, ११:३१

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० सय रुपैयाँमा कारोबार भै रहेको छ । सोमबार सुनको मूल्य तोलामा दुई लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ९२५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।