• Menu

चुनावी समीक्षा बैठकमै ढलेका एमाले नेता कृष्ण थापाको निधन

नेपाल प्रफिट

२०८२ फागुन २८, १६:४६

चुनावी समीक्षा बैठकमै ढलेका एमाले नेता कृष्ण थापाको निधन

कास्की । नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ । उनी हृदयघातको कारण पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।

एमाले कास्की अध्यक्ष वैनबहादुर क्षेत्री अधिकारीले थापाको निधन भएको पुष्टि गरेका छन् । त्यस्तै, अस्पतालका स्रोतले पनि उनका निधनको जानकारी दिएका छन्।

थापा आज कास्की कमिटीले डालेको चुनावी समीक्षा बैठकमा सहभागी भइरहेका थिए र बैठककै क्रममा अचानक ढलेका थिए। उनी २०५४ सालमा पोखराका मेयर निर्वाचित भएका थिए। २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्यका रूपमा पनि कार्यरत रहे र २०७९ सालको मेयर निर्वाचनमा पराजित भएका थिए।

हालैको चुनावमा पनि थापाले टिकट प्राप्त गरेका थिए, तर पछि त्यो टिकट रश्मी आचार्यलाई सुम्पिएको थियो। थापा पूर्व अध्यक्ष र जेनजी आन्दोलनपछिको एमाले महाधिवेशनमा केन्द्रीय सदस्य बनेका सक्रिय नेता थिए।

प्रतिक्रिया दिनुहोस्