• Menu

कञ्चनपुर दुर्घटना अपडेट : जीप र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुवै जनाको पहिचान खुल्यो

नेपाल प्रफिट

२०८२ फागुन २८, १६:१६

कञ्चनपुर दुर्घटना अपडेट : जीप र मोटरसाइकल ठोक्किँदा मृत्यु भएका दुवै जनाको पहिचान खुल्यो

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ । पूर्व-पश्चिम राजमार्गको महेन्द्रनगर-दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका-१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘मृतकका आफन्तबाट पहिचान खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भने- ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।’ महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीले जीप र चालक नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्