काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेको छ । नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२० अंकमा उक्लिएको हो । आज कारोबार रकम बढेर १४ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ भने बुधबार १३ अर्ब १८ करोडको कारोबार भएको थियो ।
आज १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७७ कम्पनीको घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
बैंकिङ समूह सबैभन्दा घेरै २.०२ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.२८, वित्त १.३०, हाइड्रोपावर १.१०, लगानी १.१४, जीवन बिमा ०.३६, उत्पादन तथा प्रशोधन ०.७३, लघुवित्त ०.२७ र व्यापार ०.१४ प्रतिशतले बढेका छन् ।
निर्जीवन बिमा ०.०४, अन्य ०.७४ र होटल तथा पर्यटन ०.३५ प्रतिशतले घटेका छन् । साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर र होटल फरेस्ट इन। होटल फरेस्ट इनमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, दरामखोला हाइड्रोपावरको सेयर मूल्य ९.४६ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावरको ७.१४ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी गिरावट त्रिशुली जलविद्युतको सेयरमा देखियो, जसको मूल्य ३.१४ प्रतिशतले घटेको छ । आज सबैभन्दा बढी कारोबार हुने कम्पनीहरूमा नेसनल हाइड्रोपावर, एचआईडीसीएल प्रोमोटर, कुमारी बैंक, हिमाल दोलखा हाइड्रोपावर र बलेफी हाइड्रोपावर रहेका छन् ।