काठमाडौं । सेयर बजार परिसूचक नेप्से घटेको छ । बैंक, बिमा, व्यापारलगायतका सबै समूह नकारात्मक बनेपछि समग्र बजार परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ अंकमा ओर्लिएको हो ।
बुधबार सामान्य बढेको नेप्से आज फेरि घटेको छ । नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार ३२३ कम्पनीको ७ अर्ब ९ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा आज ३१४ कम्पनीको ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
आज ४३ कम्पनीको मूल्य बढ्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्पनीको सेयर मूल्य स्थिर रह्यो । नेप्से उच्च अंकले घट्दा पनि सामुदायिक लघुवित्त र थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।