• Menu

अर्थमन्त्री भन्छन्- सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १२:५२

अर्थमन्त्री भन्छन्- सरकारले सबै सामर्थ्य लगाएर परिस्थितिको सामना गर्छ

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीनबाट आज दिउँसो स्वदेश फर्किएका छन् ।

उनले भिषण बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्‍याएकोमा दु:ख व्यक्त गर्दै सरकारले सबै सामर्थ्य लगाएर उत्पन्न विषम परिस्थितिको सामना गर्ने बताए ।

‘अहिलेको परिस्थितिमा सबै एकजुट भएर सामना गर्नुपर्छ,’ उनले भने, ‘आ-आफ्नो ठाउँबाट सहयोग गर्न र धैर्य रहन म सबैलाई आग्रह गर्छु ।’

अहिलेको अवस्थालाई ध्यानमा राख्दै अर्थमन्त्री पौडेल एयरपोर्टबाट सिधै अर्थ मन्त्रालय पुगी छलफलमा जुटेका थिए । उनी चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा असोज ७ गते त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस्