• Menu

श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १२:५७

श्रीलंका टापुमा फसेका २५ जनाको उद्धार

सुनसरी । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ ।

बराहक्षेत्र-६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र परेका थिए । अलपत्र परेका २५ जनालाई आइतबार प्रहरीको सहयोगमा डुंगा मार्फत उद्धार गरिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए ।

शनिबार बिहानदेखि उनहरुको उद्धारका लागि प्रहरी परिचालन गरिए पनि निरन्तर वर्षा भइरहेकाले तत्काल उद्धार सम्भव नभएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीसहितको टोलीले हेलिकप्टरमार्फत उद्धार गर्न संघीय सरकारसँग समन्वय गरेको थियो ।

प्रतिकूल मौसका कारण शनिबार उनहरुको उद्धार गर्न नसकिएको नगरप्रमुख कार्कीले बताए । कार्कीले भने, ‘शुक्रबारदेखि कोशी नदीमा जलसतह बढेर बाढी आएपछि उनहरु निस्कन नसकेर श्रीलंका टापु ठाकुरवारी क्षेत्रमा अलपत्र परेका थिए ।’

आइतबार कोशीमा पानीको बहाव घटेसँगै बिहान नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा डुंगामार्फत २५ जनाको सकुसल उद्धार गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्