• Menu

रुरु जलविद्युतको १५.७९ प्रतिशत लाभांश, ८० प्रतिशत हकप्रद

नेपाल प्रफिट

२०८१ असोज १३, आइतबार १२:०८

रुरु जलविद्युतको १५.७९ प्रतिशत लाभांश, ८० प्रतिशत हकप्रद

काठमाडौं । रुरु जलविद्युत आयोजनाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कम्पनी सञ्चालक समिति बैठकले शनिबार प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

साधारण सभा प्रयोजनका लागि असोज ३० गते बुक क्लोज मिति तोकिएको छ । लाभांश हात पार्न असोज २९ सम्म सेयर होल्ड गरेको अथवा खरिद गरेको हुनुपर्नेछ ।

सञ्चालक समिति बैठकले १ बराबर ०.८ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय पनि गरेको छ । सहायक कम्पनी सुम्निमा हाइड्रोपावरद्वारा प्रवर्धित भोजपुरको पिपुवाखोला जलविद्युत् ४.९ मेगावाट र पिखुवा पशुपति जलविद्युत् आयोजना ४.१ मेगावाटमा स्रोत जुटाउन हकप्रद निष्कासन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्